Jan 31, 2013

३५ हजारले अवलोकन गरे जुत्ता मेला








मेलामा प्रत्येक दिन हजारदेखि १२ सय जोरसम्म जुत्ता बिक्री


काठमाडौं/ राजधानीमा चलेको  जुत्ता प्रदर्शनीमा  ३५ हजार अवलोकनकर्ता आएको आयोजकले बताएका छन् । प्रदर्शनीमा  करिब १० हजार जोर जुत्ता बिक्री भएको बताइएको छ ।
शिखर सुज, स्काइ सुज र बिएफ डियर हिल सुजको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनीमा कोसेली सुज, लेदर विङ्स सुज, टाकुरा सुज कम्पनीका जुत्ता-चप्पललगायत उत्पादन प्रदर्शनीमा राखिएको थियो । गत  १६ माघमा समापन भएको थियो
प्रदर्शनी अवसरमा ग्राहकलाई ७० प्रतिशतसम्म छुट दिएर जुत्ता बिक्री गरिरहेको आयोजकले जानकारी दिए । प्रदर्शनीमा २ सयदेखि ३ हजार मूल्यसम्मका जुत्ता उपलब्ध गराइएको थियो । मेलामा प्रत्येक दिन हजारदेखि १२ सय जोरसम्म जुत्ता बिक्री भइरहेको बिएफ डियर हिल सुज कम्पनी सञ्चालक होमनाथ उपाध्यायले बताए । 'मेलामा आउने एकजना ग्राहकले जुत्ता किनेपछि अरू थप चार लिएर आउने गरेका, जुत्ता व्यापार बढिरहेको छ,' उनले भने ।
सस्तोमा जुत्ता पाएकाले ग्राहक सन्तुष्ट भएको शिखर सुज सञ्चालक रामकृष्ण प्रसाइर्ंले बताए । जुत्ता प्रदर्शनीमा सोरुममा भन्दा सस्तो मूल्यमा सामान बिक्री गरिएकाले पनि ग्राहक आगमन बढेको स्काइ सुज सञ्चालक मनोज श्रेष्ठको भनाइ छ । बढी छनोट अवसर र सस्तोमा गुणस्तरीय सामान पाइने भएकाले ग्राहक आउने क्रम निरन्तर बढेको उनको भनाइ छ । प्रदर्शनीमा नेपाली जुत्ताको बिक्री करिब २५ हजार हुनसक्ने आयोजकको अनुमान छ । 
यसरी समय समयमा  प्रदर्शनी आयोजना गरेर ग्राहक आकर्षित गर्न सकेको खण्ड मा आगामी दिनहरुमा नेपाली जुत्ता उद्योग  बलियो हुदै जाने कुरामा पक्कै कुनै शंका नरहला। 

No comments:

Post a Comment