थानकोट–चित्लाङ केवलकारको तयारी
नेपालमा दोस्रो केवलकार निर्माणको तयारी सुरु भएको छ । देशका ख्यातिप्राप्त चार कम्पनीका सञ्चालकहरुको लगानीमा करिब साढे दुई किलोमिटर लामो थानकोट–चित्लाङ केवलकार निर्माण हुने भएको हो ।
काठमाडौ थानकोटको वडा नंं.१ गोदाम घुमाउनेबाट मकवानपुरको चित्लाङ गाविस वडा नं.२ चन्द्रागिरि पर्वत श्रृंखलाको भालेश्वरसम्म जोडिने केवलकारबाट करिब १० मिनेटमा काठमाडौ पुग्न सकिनेछ । केवलकार निर्माण प्रयोजनका लागि थानकोटमा ६० रोपनी जग्गा खरिद गरिसकिएको छ ।त्यहाा स्टेशन निर्माण गरिने भएको छ भने काठमाडौ र मकवानपुरका विभिन्न ठाउामा सरकारसांग सात सय २० हेक्टर जग्गा भाडामा लिइसकिएको चित्लाङका समाजसेवी बुद्धरत्न मानन्धरले बताए । थानकोट–भालेश्वर केवलकार कम्पनी दर्ता गरेर निर्माण प्रक्रिया अघि सारिएको हो । टावर राखिने क्षेत्रमा जंगल फाडानीको काम थालिएको र करिब ३ बर्षमा समग्र योजना पूरा गर्ने लक्ष्य राखिएको मानन्धरले बताए । उनले स्टेशनको बेस तयार गर्ने काम जारी रहेको र भालेश्वरमा महादेव मन्दिर, पाटीपौवा, फनपार्क, होटल, रिसोर्ट, सेमिनार हल, भ्यूटावर र चियाकफी बगैंचालगायत निर्माण योजना रहेको जानकारी दिए । कम्पनीले अतिआधुनिक प्रविधियुक्त केवलकार निर्माण सम्पन्न गरेपछि भालेश्वरबाट करिब १० मिनेटमा थानकोट पुग्न सकिने उनको भनाइ छ ।
समाजसेवी मानन्धरका अनुसार चार ठूला कम्पनीका संस्थापकहरु चन्द्र ढकाल, मीनबहादुर गुरुङ, अम्बिका पौडेल र ज्ञानबहादुर जीसीसमेतको करिब एक अर्ब ७० करोड लगानीमा नेपालको दोस्रो केवलकार निर्माण थालिएको हो । काठमाडौलाई तराई जोड्ने विभिन्न मार्गसागै उक्त केवलकार निर्माणपछि हेटौंडाबाट ३ घण्टाको बसयात्रामा चित्लाङ र त्यहााबाट करिब दश मिनेटमा थानकोट पुग्न सकिनेछ ।
source-Nepal samacharpatra

No comments:
Post a Comment