बैंकलाई विदेशमा कार्यालय खोल्न खुकुलो
कार्यालय खोल्न बैंकले सम्भाव्यता अध्ययन प्रतिवेदन र विगत तीन वर्षको वार्षिक वित्तीय विवरण प्रस्तुत गर्नुपर्छ।
राष्ट्र बैंकले वाणिज्य बैंकलाई विदेशमा सम्पर्क कार्यालय खोल्न छुट दिएको छ। एक वर्षदेखि पुँजी कोष ११ प्रतिशतभन्दा माथि कायम गरिरहेका बैंकले राष्ट्र बैंकको स्वीकृति लिएर शाखा खोल्न पाउँछन्।
पछिल्लो समय रेमिट्यान्स कारोबार गर्ने बैंकले विदेशमा सम्पर्क कार्यालय खोल्न माग गर्दै आएका थिए। ग्लोबल आइएमई, हिमालयन, नबिललगायत बैंकले शाखा तथा सम्पर्क कार्यालय खोल्न नीतिगत सुविधा दिन माग गर्दै आएका थिए।
बैंकले दैनिक प्रयोजनका लागि १० प्रतिशत पुँजी कोष अनुपात कायम गरे पुग्छ। नगद लाभांस वितरणमा ११ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो। अहिले विदेशमा सम्पर्क कार्यालय खोल्न पनि अतिरिक्त पुँजी कोषको व्यवस्था गरेको हो।
कार्यालय विस्तारलाई २ अर्ब चुक्ता पुँजी अनिवार्य छ। यति पुँजी नपुर्या इ जगेडा कोष बलियो राख्ने बैंकले सम्पर्क कार्यालय खोल्न पाउँदैनन्। कार्यालय खोल्न तीन वर्षदेखि निस्त्रि्कय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम हुनुपर्ने सर्त छ।
शाखा खोल्ने बैंक सञ्चालकलाई राष्ट्र बैंकले कुनै कारबाही गरेको भए ६ महिना पूरा भइसकेको हुनुपर्ने सर्त पनि छ। कार्यालय खोल्न सम्बन्धित देशको नियामक निकायको नीतिगत व्यवस्था र त्यसको पालना गर्न सक्ने सम्बन्धमा बैंकका तर्फबाट गरिएको स्वघोषणा अनिवार्य गरिएको छ।
कार्यालय खोल्न बैंकले सम्भाव्यता अध्ययन प्रतिवेदन र विगत तीन वर्षको वार्षिक वित्तीय विवरण प्रस्तुत गर्नुपर्छ। राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको ६ महिनाभित्र कार्यालय खोलिसक्नुपर्छ।

No comments:
Post a Comment