करोडौंको चिया आयत गर्ने नेपाल अहिले आन्तरिक खपत पूरा गरेर निर्यात बढाउने क्रममा छ । पूर्वी जिल्लामा फस्टाएको चिया खेतीले आन्तरिक अभाव टार्नुको साथै अर्बौंको विदेशी मुद्रा पनि भित्र्याउन थालेको हो । अन्तर्राष्ट्रिय मुद्रा आर्जनको गतिलो साधन बनेको चिया क्षेत्रको थप विकासका लागि सरोकारवालाहरू एक हुनुपर्ने आवाज उठ्न थालेको छ । १६ औं राष्ट्रिय चिया दिवसको अवसरमा आइतबार फिदिममा भेला भएका देशभरका सरोकारवालाले किसान, उद्यमी, सरकार र सम्पूर्ण सरोकारवाला एक भएर लाग्ने हो भने नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा कब्जा जमाउन कठिन नभएको धारणा व्यक्त गरे । पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, ललितपुरलगायत जिल्लाका किसान, उद्यमीलगायत यस क्षेत्रका विज्ञहरूले स्पष्ट चिया नीति लागू गरी बजारीकरणलाई सरकारले नै टेवा दिनुपर्नेमा जोड दिएका हुन् ।
'चियाको बजारीकरण र किसानको आयआर्जन बढाउन निरन्तर काम भइरहेको छ,' राष्ट्रिय चिया तथा कफी विकास बोर्ड रमणप्रसाद पाठकले भने, 'यो क्षेत्रको प्रवर्द्धनका लागि सबैले आआफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक योगदान गर्नुपर्ने बेला आएको छ ।' राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र केन्द्रीय चिया सहकारी संघको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी संघका संस्थापक अध्यक्ष दीपकप्रकाश ँबाँस्कोटाले चियालाई अर्गानिक बनाउँदै गुणस्तरमा ध्यान पुर्याउन सके अन्तर्राष्ट्रियमा निर्यात बढाउन सकिने धारणा राखे । पाँचथरका पूरै र इलाम, धनकुटा, तेह्रथुम र ललितपुरका केही बगान र किसानहरूले अर्गानिक उत्पादनलाई प्राथमिकता दिँदै आएका छन् । केन्द्रीय चिया सहकारी संघका अध्यक्ष गोविन्द दाहालले सहकारीमार्फत चिया किसान, उद्यमी र राज्य पक्षले एकीकृत रूपले चिया क्षेत्रको विकासमा ध्यान पुर्याउनुपर्ने सुझाव दिएका छन् । ललितपुरका किसान ऋषिराम घिमिरेले सहकारीमार्फत अर्गानिक उत्पादन गरेर स्थानीय बजारमै खपत गर्न सक्ने पर्याप्त सम्भावना औंल्याउँदै यसले वैदेशिक रोजगारीलाई समेत निरुत्साहित गर्ने उल्लेख गरे । तेह्रथुमकी रेनुका रानामगरले न्यून आयस्तर भएका किसानलाई अनुदान दिएर भए पनि चिया क्षेत्रमा जीविकोपार्जन गर्न सक्ने अवस्थामा पुर्याउनुपर्ने बताइन् । आर्थिक वर्ष ०५७/५८ मा १० करोड रुपैयाँभन्दा धेरै मूल्यको चिया आयात हुँदै आएको थियो । तर अहिले करिब २ अर्ब रुपैयाँको तयारी चिया भारतलगायत पश्चिमा मुलुकमा निर्यात हुने गरेको छ । आर्थिक वर्ष ०६७/६८ मा १ करोड ५३ किलो सीटीसी चिया उत्पादन भएको छ । त्यस्तै यही अवधिमा अर्थोडक्स चियाको उत्पादन करिब ३० लाख किलो छ । आर्थिक वर्ष ०५७/५८ मा ७० मेटि्रकटन मात्र चिया निर्यात गरेको थियो । चिया खेतीमा देखिएको परिवर्तनको मुख्य कारण खेती विस्तार हुने क्रम, बजारको पहुँच, खेतीसम्बन्धी दक्षता र कृषकको उत्साह भएको नेपाल चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्र अधिकारीले बताए । मुलुकका विभिन्न जिल्लामा ९ हजार ४ सय हेक्टरमा सीटीसी र ८ हजार ६ सय ६० हेक्टर क्षेत्रफलमा अर्थोडक्स चियाको खेती हुने बोर्डको तथ्यांकमा छ । मूल्यमा अस्थिरता, मलखाद र विषादीको अभाव, कामदार अभावजस्ता कारणले पनि कृषक पीडित बन्दै गएका छन् । 'समग्रमा हेर्दा चियाले राम्रै गरेको देखिन्छ,' पञ्चकन्याका कृषक ज्ञानु राई भन्छन्, 'तर ढुक्क भएर व्यवसायमा लाग्ने अवस्था अझै नभएको कृषकले ठानेका छन् ।' पछिल्लो समयमा पश्चिमा देशमा निर्यात बढ्दै गएको चियाले कृषकमा केही आशा जगाएको छ । अर्गानिक उत्पादन बढाउन सके चिया निर्यातको अवस्था सुदृढ हुने व्यवसायीको भनाइ छ ।
Rajendra Devkota

No comments:
Post a Comment