नेपाली अदुवा युरोप निकासीको तयारी
डम्बर खनाल
गुणस्तरीय
अदुवा उत्पादन गरी युरोपका बजारसम्म नेपाली उत्पादन पुर्यााउने लक्ष्यसहित
सरकारले पूर्वका चार जिल्लामा यही वर्षदेखि अदुवा पाठशाला सुरु गरेको छ। अदुवा उत्पादनका लागि विश्वकै प्रमुख पाँच राष्ट्रमा पर्ने भए पनि नेपालमा
उत्पादित अदुवाले एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति (आइपिएम) मापदण्ड
पूरा नगरेका कारण यसको बजार भारतमा मात्रै सीमित हुँदै आएको छ। सरकारी
तथ्यांकअनुसार नेपालको नगदे बालीहरुमध्ये अदुवा अलैंचीपछि सर्वाधिक विदेश
निर्यात हुने कृषि उत्पादन हो। नेपालमा उत्पादन हुनेमध्येको ८० प्रतिशत
अदुवा भारतीय बजारमा खपत हुने गरेको छ। आउँदो दुई वर्षभित्र युरोपका
देशसम्म नेपाली अदुवा पुर्या उने लक्ष्यसहित यस्तो पाठशाला सुरु भएको
सञ्चालकहरुले बताएका छन्।
किसानलाई अगर््ानिक उत्पादनका लागि
प्रोत्साहित गर्न प्राविधिकसमेत खटाएको सरकारले प्रारम्भमा पाँचथर, इलाम,
झापा र मोरङ गरी चार जिल्लामा ५० वटा पाठशाला सुरु गरेको छ। आगामी दुई
वर्षभित्र यस्तो पाठशालाको संख्या २ सय पुर्यारउने सरकारी योजना छ। 'यी चार
जिल्ला अदुवाका लागि पूर्वका पकेट क्षेत्र हुन्,' जिल्ला कृषि विकास
कार्यालय झापाका प्राविधिक शालिकराम भट्टराई भन्छन्, 'ती ठाउँमा दुई सय
पाठशाला सञ्चालन गरेर स्तरीय अदुवा उत्पादनका लागि किसानसँग सरकारले
सहकार्य गर्नेछ।'
सरकार, जिल्ला कृषि विकास कार्यालय, कृषि उद्यम
केन्द्र, एफएओ र अदुवा निर्यात व्यवसायी संघको संयुक्त लगानीमा अदुवा
पाठशाला सुरु भएको हो। कृषि कार्यालयका अनुसार अदुवा उत्पादक किसानलाई
समूहमा संगठित गर्ने र खेतीसम्बन्धी सम्पूर्ण प्राविधिक जानकारीहरु सरकारी
टोलीले दिनेछ। 'अदुवा उत्पादन हुन आठ महिनाको समय लाग्छ,' झापामा खटिएका
प्राविधिक भट्टराई भन्छन्, 'त्यो पूरा अवधि हामी किसानसँगै हुनेछौं।'
अदुवासम्बन्धी अन्तर्त्रि्कया र अभ्यास गरिने यस्तो पाठशाला पाँचथरमा १०
वटा, इलाममा २० वटा, झापामा १० र मोरङमा १० वटा सञ्चालनमा आएका छन्। पाँचथर
र इलामका ३० वटा पाठशालामा आवद्ध किसानले नयाँ योजनासहित अदुवा रोपिसकेका
छन् भने झापा र मोरङमा त्यसको तयारी अन्तिम चरणमा पुगेको कृषि कार्यालयका
अधिकारी बताउँछन्। प्रत्येक पाठशालामा १५ देखि ३० जनासम्म किसान आवद्ध छन्।
यो योजनामा खेत किसानकै प्रयोग हुने र बीउलगायतका प्राविधिक सहयोग योजना
सञ्चालकले गर्नेछन्। कार्यालयका अनुसार अदुवा उत्पादक किसानलाई समूहमा
संगठित गरेर प्रशिक्षित गर्न प्राविधिक टोली किसानसँगै रहने व्यवस्था
गरिएको छ। विषादी र रासायनिक मलको जथाभावी प्रयोग रोकेर सकेसम्म
अर्ग्यानिक त्यो सम्भव नभए कम्तीमा एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति
(आइपिएम) बाट अदुवा उत्पादन गर्नु पाठशाला सञ्चालनको मुख्य उद्देश्य हो।
'यसो गर्न सक्दामात्रै हाम्रो अदुवाले तेस्रो देशमा बजार पाउनसक्छ,' विश्व
खाद्य कार्यक्रम मातहतको एफएओका आयोजना प्रमुख डा.दीपकमणि पोखरेल भन्छन्,
'दुई सय पाठशाला सञ्चालनमा आएपछि त्यो लक्ष्य पूरा हुनेमा विश्वस्त छौं।'
समुद्र सतहदेखि १ हजार ५ सय मिटरसम्मको उचाइमा अदुवा खेती हुने गरेको छ।
नेपालमा १८ हजार ९ सय ४१ हेक्टर क्षेत्रफलमा अदुवा बाली लगाइन्छ। यसको
वार्षिक उत्पादन दर २ लाख १० हजार ७ सय ९० टन छ। त्यसको सबैभन्दा बढी
हिस्सा ३१ प्रतिशत पूर्वका जिल्लामा मात्र उत्पादन हुन्छ। मेची अञ्चलका चार
जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम र झापामा मात्रै ३ हजार सात सय ७० हेक्टर
जमिनमा अदुवा खेती भइरहेको छ। यी चार जिल्लाको वार्षिक उत्पादन ५५ हजार ४०
मेटि्रक टन रहेको छ।
तर, बाली सुधार्ने लोभमा किसानले जथाभावी रसायन र
विषादी प्रयोग गरिरहेको र त्यसले माटो तथा बाली दुवैलाई क्षति गरिरहेको
विज्ञहरु बताउँछन्। 'मानव स्वास्थ्यमैत्री तरिकाले उत्पादित सामग्री मात्रै
उन्नत बजारले खोज्छ,' डा. पोखरेल भन्छन् 'अहिलेको तयारी त्यसैका लागि हो।'
अहिलेसम्म नेपाली अदुवा उत्पादक किसान भने व्यापारीले तोकेको भाऊमा
उत्पादन बेच्नुपर्ने बाध्यतामा छन्। स्वदेशमा सामान्य प्रशोधनको समेत
प्रबन्ध हुन नसक्दा अदुवा उत्पादक नेपाली किसान भारतीय व्यापारीको मनपरी
सहन बाध्य हुँदै आएका छन्। स्तर निर्धारणका नाममा भारतीय व्यापारीले अदुवा
बजारमा मनपरी गर्दै आफुखुसी मूल्य तोक्ने गरेका छन्।
यो समस्या
सुल्झाउन अदुवा पाठशालासँगै प्रशोधन केन्द्र पनि बन्दैछ। झापाको मेचीनगर र
दुसागढीमा पाठशाला सञ्चालक निकायकै सहकार्यमा प्रशोधन केन्द्र निर्माणाधीन
छ। 'उत्पादन गुणस्तरीय हुन थालेपछि र प्रशोधन केन्द्र पनि सञ्चालनमा आएपछि
नेपाली अदुवा खेतीले फड्को मार्ने आशा गर्न सकिन्छ,' नेपाल अदुवा उत्पादक
तथा ब्यवसायी संघका महासचिव इन्द्र बुढाथोकी भन्छन्, 'हालसम्म त किसान हुन्
या स्वदेशी व्यापारी सबैलाई भारतीय व्यापारीको सिन्डिकेटले चलाएको छ।'
source-Facebook
No comments:
Post a Comment