लन्डन काठमाण्डौं सिधा उडान तयारी तीव्र
आगामी दशैं तिहार (सेप्टेम्बर, अक्टोबर) सम्म दुईवटा ‘बोइङ ७६७ ३०० ए आर’ उडाउने तयारी
नविन पोखरेल
लन्डन, माघ ९ - बेलायतस्थित नेपाली उद्यमी लन्डन काठमाण्डौं सिधा उडानको तयारीमा जुटेका छन् । बेलायतमा दर्ता भएको नेट एयरवेज कम्पनीले आगामी दशैं तिहार (सेप्टेम्बर, अक्टोबर) सम्म दुईवटा ‘बोइङ ७६७ ३०० ए आर’ उडाउने तयारी गरेको हो ।
लन्डनबाट नेपाल जाने सिधा उडान नहुंदा यात्रुहरुले भोग्नुपरेको कठिनाई मनन गर्दै हवाइसेवा सञ्चालन गर्न लागिएको नेट एयरवेजका प्रवन्ध निर्देशक एवं अध्यक्ष विक्रम जोशीले जनाए । अढाइ सय क्षमताका ति बोइङ प्रति साता दुई पटक उड्ने र यात्रु माग हेरि उडान गन्तव्य अन्य देशमा क्रमशः विस्तार गरिने कम्पनीले जनाएको छ ।
‘व्यवसायिक लाभ भन्दा पनि नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय उडान शुरु गर्ने हाम्रो मनसाय हो’, जोशीले भने ‘सिधा उडान नहुंदा नेपालको पर्यटन समेत प्रभावित भएको तथ्य मनन गरि हामीले त्यसको प्रवर्द्धन समेत गर्न यो महत्वाकांक्षी योजना सारेका हौं ।’ करिब ५० मिलियन पाउण्ड पूंजी रहेको एसीसी एभिएसन, युकेको सहकार्य र बेलायतवासी नेपाली उद्यमीको सामूहिक लगानी अवधारणामा परियोजनाले मुर्तरुप लिएको हो ।
यसका लागि एकसय ४९ जना व्यवसायीको एउटा समूह प्रति शेयर २५ हजार पाउण्ड संकलन गर्न क्रियाशील छ । हालसम्म ७५ जना व्यवसायी लगानी गर्न तयार भइसकेको जोशीले बताए । योजना समस्त बेलायतवासी नेपालीको साझा हो भन्ने अनुभूति गराउन पनि धेरै जनाको शेयर रहने कम्पनीले प्रष्ट्याएको छ । युवा उद्यमी जोशीका भनाइमा अमेरिका, जर्मनी, फ्रान्स, क्यानडा र बेल्जियमका नेपाली समेत लगानीमा इच्छुक छन् ।
नेपाल उड्ययन प्राधिकरणको नियम बमोजिम अन्तर्राष्ट्रिय हवाइ सेवा सञ्चालनका लागि ५० करोड रुपैयांको चुक्ता पूंजी जरुरी भएपनि आफ्नो कम्पनीले ५ मिलियन पाउण्ड (करिब ६५ करोड रुपैयां) चुक्ता र ३५ करोड चालु पूंजी संकलन गरि एक अर्व पूंजी बराबरको कम्पनी स्थापना गर्ने तयारी भएको जोशीले सुनाए ।
बेलायतमा लाख भन्दा बढि नेपाली रहेका तथा बेलायत नेपाल जाने विदेशी पर्यटकहरुको संख्या वर्षेनी करिब डेढ लाख रहेकाले यात्रु अभाव नहुनेमा कम्पनी ढुक्क छ ।
‘हामीले विदेशी पर्यटकबाहेक बेलायतका तीस प्रतिशत नेपालीमात्र उडेपनि वर्षेनी दुई लाख यात्रु पाउने अपेक्षा गरेका छौं’, जोशीको विश्वास छ, ‘यो हिसावले वर्ष दिनभित्र ४५ करोड मुनाफा हुने देखिन्छ ।’ जोशीले इच्छुक उद्यमीलाई लगानीमा सधैं ढोका खुल्ला रहेको पनि जनाए
source-ekantipur
source-ekantipur

No comments:
Post a Comment