Jan 26, 2013

औद्योगिक क्षेत्रलाई कम व्याजमा ऋण : गर्भनर खतिवडा












राष्ट्र बैकका गभर्नर युवराज खतिवडाले आर्थिक विकासका लागि औद्योगिक क्षेत्रलाई कम व्याजमा ऋण प्रवाह गर्न सकिने बताएका छन्।

समुन्द्र पौडेल, तनहुँ, माघ १३ -राष्ट्र बैकका गभर्नर युवराज खतिवडाले आर्थिक विकासका लागि औद्योगिक क्षेत्रलाई कम व्याजमा ऋण प्रवाह गर्न सकिने बताएका छन्।

चौथो तनहुँ महोत्सव तथा पश्चिमाञ्चल क्षेत्रीय दोश्रो औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनीको शुक्रबार दमौलीमा उद्घाटन गर्दै गर्भनर खतिवडाले नेपालको वित्तिय प्रणालीमा तरलताको अवस्था सुधार भइसकेकाले बैंक तथा वित्तिय संस्थाले कम व्याजदरमा औद्योगिक क्षेत्रलाई लगानी गर्न सक्ने बताए।
‘नेपालका बैकहरुको वित्तिय प्रणाली तरलताको अवस्थाबाट सुधार भइरहेको छ,' उनले भने, ‘औद्योगिक क्षेत्रमा कम व्याजमा बैकले ऋण प्रवाह गर्न सक्छन्।'
राष्ट्र बैकले बैक तथा वित्तिय संस्थासंग लगानीमा तोकिएको व्याजदरको बारेमा जानकारी लिईरहेको भन्दै गर्भनर खतिवडाले बैकहरुले पारदर्शी रुपमा व्याजदर तय गरेर लगानी गरेपछि सर्वसाधारणले व्याजदरमा ठगिने समस्याबाट छुटकारा मिल्ने बताए।
उनले बैकहरुले कृषिलाई व्यवसायिकरण, साना तथा मझौला उद्योगलाई औद्योगिकरण र उद्योगलाई प्रवर्द्धन गर्न लगानी गर्नुपर्ने बताए। ‘हाम्रो साधन स्रोत अरुले प्रयोग गरुन, उनीहरुको साधन स्रोत हामीले प्रयोग गर्नुपर्छ।' उनले भने, ‘सबै चिजमा मुलुक मात्र भर पर्नुपर्‍यो भने समस्या आउँछ।'
नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले अभावै अभावका बीचमा उद्योग संचालन गर्न व्यवसायीहरुलाई समस्या भएको बताए। ‘उद्योगका लागि विद्युत छैन, सुरक्षा छैन, चाहिएको समयमा पेट्रोलियम पदार्थ पाइदैन्,' उनले भने, ‘दलका नेतृत्वले आर्थिक विकासका नारा उठाए पनि अभावै अभावका बीच उद्योगका सम्भावनाहरु हराईरहेका छन्।'
दैनिक ६ सयको हाराहारीमा युवाहरु विदेश पलायन भएर रेमिटान्स भित्र्याए पनि रेमिटान्स नेपालको स्थायी स्रोत बन्न नसक्ने भन्दै ढकालले आम्दानीको स्थायी स्रोत सृजना गर्न युवाहरुलाई स्वदेशमै परिचालन गर्नुपर्ने बताए।
१० दिनसम्म संचालन हुने महोत्सवमा १ सय ९२ स्टलहरु समावेश गरिएका छन्। महोत्सवले स्थानीय उत्पादनजन्य समाग्रीको बजारीकरण गरी जिल्लाका पर्यटकीय सम्भावनाहरुलाई प्रचार प्रसार गर्न सहयोग पुर्‍याउने महोत्सवका मुल संयोजक देवकुमार श्रेष्ठले बताए।


source-Nagariknews

No comments:

Post a Comment