सडक पुगेपछि कृषि उत्पादनले बजार पायो
३ वर्षयता यहाँ सडक सञ्जालको विकास तीव्र गतिमा बढेपछि कृर्षि क्षेत्र फस्टाएको हो
गोविन्द केसी, सुर्खेत, माघ १४- पहाडी जिल्ला दैलेखमा सडक सञ्जालले ५५ गाविसमध्य ५४ गाविस र १ नगरपालिकामा सडकको पहुँच पुगेपछि कृर्षी बस्तुले बजार पाएको छ। उत्पादन गरिएका कृर्षी बस्तुहरु स्थानिय बजारदेखी सुर्खेत, नेपालजंग रुपैडिया र बुटवलसम्म नियात हुने गरेको जिल्ला कृर्षी विकास कार्यालले जानकारी दिएको छ।
३ वर्षयता यहाँ सडक सञ्जालको विकास तीव्र गतिमा बढेपछि कृर्षि क्षेत्र फस्टाएको हो। जिल्लाको नगरदेखी गाबिससम्म टोलैपिच्छे सडक पुर्याएपछि सवारी साधनहरुको सुविधा गाउँमै पुग्न थाले र स्थानीय उत्पादित कृर्षि वस्तुहरुले बजारसम्म पुगेको हो। दैलेखको पश्चिममा कृषकहरुले उत्पादन गरेको तरकारी स्थानियबजार हुर्दै कर्णाली अंञ्चलसम्म नियात हुने गरेको नेपा गाविसका कृषकहरु बताउँछन्।
वर्षातमा सडक विग्रीएर यातायात रोकिने भएकाले कृर्षी बस्तुहरुले बजार नपाएपछि वर्षा सकिए लगत्तै सडक सञ्चालनमा आएपछि बढी तरकारी लगायत यहाँका उत्पादित बस्तुहरु बढी खपत हुने गरेको नारायण नगर पालिका -२ जारकोट कृषक प्रेम थापाले बताए। सडक निर्माणसगै स्थानीय उत्पादित तरकारी, फलफूल, तथा खाद्य वस्तुहरुले राम्रो बजार पाइरहेको कृषकहरु बताउँछन्। कृर्षी बस्तुले बजार राम्रो पाउँन थालेपछि यहाँका कृषकहरु आर्थिक रुपमा बलियो हुदै गएको जिल्ला कृर्षि विकास कार्यालयका वरिष्ठ कृर्षी विकास अधिकृत सूर्यनाथ योगीले बताए।
'यो वर्ष मात्र गाविसमा गाडी पुग्यो अहिले हामीहरुले दैलेख बजारसम्म स्थानिय उच्पादन गरिएको तरकारी लिएर जान सजिलो भएको छ।' सल्लेरी- ९ पैतीका नविन सिजालीले भने, 'सडक नहुँदा पहिले तरकारी फालाफाल हुन्थ्यो तर, बजारसम्म लगेर विक्रि गर्न पाएका छौं।' मध्यपहाडी राजमार्ग विकट मानिएका ८ गाविसबाट गएपछि बजार नपाएका गाउँका कृषकहरुलाई बजारसम्म तरकारी सवारी साधनबाट सजिलो भएको बडालम्जी गाविसका कार्यालय सहायक राजेन्द अधिकारीले बताए।
सडक गाउँमै पुगेपछि उत्पादन भएको तरकारी स्थानिय रामघाटबजारसम्म पुर्याउन सजिलो भएको सात्तला- ७ की कृषक गमता विकले बताइन्। 'पहिले बारीमा भएको तरकारीले गाउँमा मुल्य नपाउने समस्या थियो तर, अहिले बजार र मुल्य पाएको छ।' विकले भनिन्। सात्तला महिलाहरु आजभोलीस्थानिय उच्पादित बस्तुहरु बेचेर आत्मनिर्भर बन्दै गइरहेका छन्।
दैलेखको सवैभन्दा बढी तरकारी उत्पादन गर्ने गाविसको रुपमा चिनिएको सेरीमा अहिले जिल्ला बाहिर तरकारी पुर्याउन भ्याई नभ्याई छ। कृषकको घरसम्म सडक पुगेपछि सुर्खेत नेपालगंजसम्म ब्यापारीले तरकारी लिन आउने गरेको जिल्ला कृर्षि विकास कार्यालयको भनाई छ
source-Nagariknews

No comments:
Post a Comment