Jan 25, 2013

किवीले गर्छ कमाल

किवीले गर्छ कमाल
नेपालको पहाडी क्षेत्रमा किवी खेतीका प्रचुर आधार छन्। पहिला–पहिला नेपालको पहाडी जंगलमा पाइने ठेकी फल हो, किवी।

कृषिसँग जोडिएको नेपाली समृद्धि बुझने उद्देश्यले थालेको नेपाल भ्रमणको क्रममा गएको १५ असारमा महलकाजी यागोललाई भेट्न काभ्रेको धुलिखेल पुग्दा कृषि विकास ब्याङ्कमा लामो समय बिताएका यी विज्ञले नेपाली कृषिको नयाँपन हेर्न डा. सूर्यप्रसाद पाण्डेको किवी फार्म जानुपर्ने सल्लाह दिए। किवीबारे थोरबहुत पूर्व जानकारी पनि भएकोले मलाई यो सूचनाले रोमाञ्चित नगर्ने कुरै भएन, उत्साहित हुँदै धुलिखेलबाट आठ किमी पूर्वको काभ्रेभञ्ज्याङ पुगें।
फार्ममा मध्यअसारको झ्रीमा ५०–६० ग्रामको किवीका हजारौं दाना किवी हेरिरहौं लाग्ने गरी लहरामा झ्ुलिरहेका थिए। किवीको यो स्तरको व्यावसायिक खेती र यति राम्रो नर्सरी मैले पहिलो पटक देखेको थिएँ। फार्ममा नभेटिएका डा. पाण्डेसँग फोनमा मात्र कुरा हुनसक्यो। उनले लामै सोच राखेर ३० रोपनी जग्गामा किवी फार्म खोलेका रहेछन्। फार्ममा करीब ५००० बिरुवा तयार थिए। अहिले नेपालमा किवीका बिरुवाको माग वार्षिक सरदर २५ हजार छ।

किवीको नालीबेली 
पहिला–पहिला नेपालको पहाडी जंगलमा पाइने ठेकी फल हो, किवी। डा. पाण्डेका अनुसार, जापानको रैथाने यो गुणकारी फललाई ‘किवी’ चराले चीन, नेपाल र न्युजिल्याण्ड पुर्‍याएको मानिन्छ। किवीको सबभन्दा ठूलो व्यावसायिक खेती पनि न्युजिल्याण्डमै छ। न्युजिल्याण्डबाट भारतमा मात्रै वार्षिक २ अर्ब अमेरिकी डलरको किवी आयात हुने गरेको बताइन्छ। स्वाद र गुणका कारण महँगो फलमा दरिएको किवी काठमाडौंको बजारमा केजीको रु.५०० भन्दा बढी पर्दछ।

समुद्र सतहबाट ८०० देखि २००० मिटर उचाइको पहाडी क्षेत्रमा राम्ररी फलाउन सकिन्छ, किवी। निर्यात योग्य किवी उत्पादनका लागि १००० देखि २००० मिटर उचाइको जमिन उपयुक्त मानिन्छ। यसले यो खेतीमा नेपालको सम्भावना पनि प्रष्ट पार्दछ। नेपालको मध्य पहाडमा आलिसन र हे–टोमोरी जातका किवी गज्जबले फल्छन्। एक पटक रोपेको सात वर्षपछि फल्न शुरू गर्ने किवीले ६० वर्ष निरन्तर फल दिइरहन्छ। एक रोपनी जमिनमा ५० बोट रोप्न सकिन्छ भने एक बोटमा १०० केजीसम्म फल्छ।
नेपालको पहाडी भेगको १० लाख हेक्टर जमिन किवीका लागि उपयुक्त छ। प्रतिरोपनी वार्षिक सरदर रु.१ लाख आय दिनसक्ने किवीसँगै बेसार, अदुवा, कुरिलोलगायतको मिश्रित खेती गर्न सकिन्छ। किवीमा अहिलेसम्म रोग–कीरा देखापरेको छैन।
विशेष सरकारी प्राथमिकताका साथ व्यावसायिक रूप दिएर पाँच लाख हेक्टरमा मात्र किवी खेती गर्दा पनि नेपालको पहाडबाट वर्षेनि रु.५ खर्बको किवी निर्यात गर्न सकिन्छ। नेपालसँग भएको तत्काल यथार्थमा बदल्न सकिने संभावनामध्ये पर्छ, किवी खेती। डा. पाण्डे लगायत नयाँ सोचका साथ किवी खेती विस्तार अभियानमा लागेका कृषकहरू पनि यही कुरा भन्छन्।
सरकारी सेवाबाट अवकाश लिएपछि खास गरेर युवा जमातलाई नयाँ सम्भावना पहिल्याउन उत्पे्ररित गरिरहेका डा. पाण्डेले अहिलेसम्म २५ भन्दा बढी जिल्लामा किवीका बिरुवा वितरण गरेका छन्, न्यूनतम मूल्य र निशुल्क विशेषज्ञ सुझावका साथ। अहिले किवी खेती गर्ने अगुवा किसानमा इलामका तारामणि खतिवडा, दोलखाका श्याम खड्का, ताप्लेजुङका खेलप्रसाद बुढाथोकी, धनकुटाका पाराङ तामाङ, बैतडीका जगन्नाथ जोशी, पाँचथरका सुवास अधिकारी, बाजुराका अम्बर खड्का, म्याग्दीका वामदेव रिजाल, स्याङ्जाका तारा भुषाल, धादिङका राजेन्द्र पाण्डे, सिन्धुपाल्चोकका अमृत बोहरा आदि छन्।
आर्थिक रूपमा सम्पन्न शहरियाहरूमाझ् हातहातै बिक्री हुने यो फलका लागि बजारको कुनै चिन्ता छैन। नेपालले जति किवी उत्पादन गरे पनि भारत र चीनकै बजारलाई नपुग्ने स्थिति छ। फल बाहेक किवीको जाम, जुस, जेली, वाइन, मासु ‘सफेनिङ्ग’ र कस्मेटिक सामग्री बनाउन सकिन्छ, जसको राम्रो मूल्य पाइन्छ।
वाग–बगैंचाबारे सोच्दैमा पनि शरीरमा सकारात्मक प्रभाव पर्छ भन्ने भनाइ छ। अन्य पेशा–व्यवसाय गरेर शहरमा बस्नेहरूले पनि पहाडमा जमिन छ भने यो सुस्वाद र स्वास्थ्यवर्धक फल फलाउने बारे सोचे राम्रो हुन्छ। – जीवनप्रसाद राई
source-Himalkhabar 

1 comment:

  1. म भनेर सक्दिन नेपाली कफी को बिसेषता र सम्भावना !!!

    बि. स २०४१ सालमा जब नेपाल कफी कम्पनी मेरा सहदिय मित्र दाजु कृष्ण घिमिरे बाट खोलियो तेस्पछि नेपाल मा कफी को business सुरु भयो ,संगसंगै गुल्मी को आपचौर मा कफी को पहिलो सरकारी office राजा बिरेन्द्र बाट उत्घाटन गरियो तत्पचात कफी को आमा को रुप मा गुल्मी चिनिन थालियो तेस्को पछाडी हिरा गिरी को नाम नि ठुलै छ संगसगै पाल्पा मा जब बि .स २०४७ साल मा कफी को विकास किसान तवर को संगठन नेपाल कफी ब्यबसायी संघ जसको नेत्रितितो श्री धकेश्वोर घिमिरे जी बाट भयो, उहाकै प्रयास मा तेही साल देखि कफी नेपाल मा मात्र प्रांगारिक तवरले हुन्छ नकि रासायनिक हिसाबले भन्ने सुत्रपात गरियो र तो अभियान लाई helvetas जुन स्विस परियोजना अन्तगत को Lisp -पाल्पा ले सयोग गर्यो तेह बाट नेपाल का कफी किसान ले तेहा बाट रासायनिक मल , बिषादी हाल्न छोडी मात्र प्रांगारिक तवरले खेति गर्न सुरु गरे , तेही बेला धकेशोर घिमिरे कै पहल मा एल सल्बदोर बाट बिज्ञ झिकाही नेपाल मा पहिलो कफी को तालिम दियियो international level को पाल्पा मदनपोखरा मा , तेही बाट कफी को संगठनिक विकास भाको हुदा पाल्पा लाई कफी को पिता को रुपमा मानिन्छ , हाल नेपाल को १५ जिल्ला मा ब्यबसायीतवरले कफी को खेति सुरु हुदै छ येस्मा २०००० जना साना किसान हरु हुनुहुन्छ , बेबाहार मा प्रांगारिक भएता पनि मेरो प्रयास मा एस्लाई मैले अमेरिका स्थित one -cert USA बाट साना किसान को कफी लाई समुहगत रुपका किसान लाई प्रांगारिक प्रमरिकरण गरे जसको leading highland coffee company ले गरेको थियो , तेही कम्पनी बाट नेपाल को कफी अमेरिका कै ठुलो कम्पनी Highland .incl . मा कफी जान थाल्यो अनि नेपाल मा कफी को दिगो बजारीकरण को सुरुवात नि सुरु हुन थाल्यो . अहिले नेपाल को कफी युरोप , अमेरिका , middle east , जापान र कोरिया मा बिक्रि हुने गरेको छ .

    नेपाल को कफी संसार कै उत्क्रिस्त्त कफी मा पर्न आउछ किनकि नेपाल मा मात्र arabica कफी जसमा कफी मा हुने caffine को मात्र robusta कफी जो गर्मि ठाउमा हुन्छ तेस्मा भन्दा २ गुना कम हुन्छ , कफी मा caffeine बढी हुनु राम्रो हैन नेपाल को कफी मा caffeine को मात्र मानब स्वस्थको लागि चाहिने मात्र मा हुन्छ , अर्को नेपाल को कफी समुन्द्र सतह बाट ८००-१६०० मीटर मा रोपिन्छ जसलाई specialty कफी को रुपमा मान्न सकिन्छ , नेपाली कफी जसमा taste , flavor , aroma , body र slightly acidity छ येही आधार मा नेपाली कफी लाई perfect कफी भनिन्छ जसको lab टेस्ट अमेरिका मा भैसकेको छ तेसैले नेपाली कफी लाई संसार कै महँगो कफी जुन Jamaica मा उत्पादन हुन्छ blue mountain कफी तो सग तुलना गरिन्छ तर blue mountain कफी १२९ US dollor मा कारोबार हुन्छ तर हाम्रो मुस्किलै १० US dollor मा बिक्रि हुन न गारो छ , किन कि हाम्रो कफी को promotion international level मा अझ पनि हुन सकेको छैन , नेपाल मा कफी को येति ठुलो सम्भावना छ कि म २-४ वाक्य म भन्न सक्दिन किनकि हिलारी क्लिन्टन र बिल क्लिन्टन ले नै भनेका छन् जब नेपाली कफी चाखे अनि तत्काल american काँग्रेस का ४ सिनिटरलाई तत्काल नेपाल को कफी को inspection गर्न पठाए जसको facilitation मैले गर्ने मौका पाको थिए ,मैले घन्टौ भनेर नि सक्दिन नेपाली कफी कि बारेमा तर मा येति भन्छु नेपाल को धेरै भुमि मा कफी गर्न सकिन्छ हाल मात्र १२०० हेक्टर मा खेति भै राखेको छ , जहाँ बाट ४५० टन मात्र ग्रीन कफी उत्पादन भाको छ , जसको कुल मूल्य ३५ करोड तेस्मा ३५ % नेपाली बजार मा फिल्टर कफी को रुपमा खपत हुन्छ भने ६५% बहियाए बजार मा हुन्छ . नेपाली कफी को माग बार्षिक ९% ले बढ्दो छ , माग बमोजिम को आपूर्ति हुन सकेको छैन तर तेसका लागि केहि मापदण्ड नि पुरा चै हुनु पर्छ , तपाई लाई कफी पर्ति चाहना छ भने मलाई सम्पर्क राखनु हुन अनुरोध गर्छु .

    धेरै कथा लाई थोरै र अपुरै मा बीट मरे माफ गर्नु होला !!!


    ReplyDelete