काठमाडौं– धेरै पुरानो कुरा होइन। दुई वर्षअघि मात्र पाँचथर च्याङथापुका किसान अलैंची बेच्न ३० किलोमिटर टाढाको थर्पु बजार पैदलै पुग्थे। किलोको सात–आठ रुपैयाँ बोकानी भाडा तिर्नुपर्थ्यो। त्यति टाढाको बाटो बोकाएर लगेपछि ‘हात परेको दाममा मिल्काउनु' बाहेक विकल्प हुन्थेन। भाग्य हुँदा राम्रै भाउ पाउँथे, नभए अमिलो मुख लाएर फर्कनुपर्थ्यो।
बजारसम्म ल्याउन र बेच्नै समस्या भएपछि अमि्रसो र चिराइतोतिर त किसानहरू ध्यानै दिँदैनथे। माटोमा त्यत्तिकै फल्थे, त्यहीँ मिल्थे।
पूर्वी पहाडको दुर्गम भेगतिरका तिनै किसान अचेल अलैंची बेच्न दुई–तीन दिन हिँडेर बजार झरेको क्षण कथाजस्तै सुनाउँछन्। र, दंग पर्दै भन्छन्, ‘अहिले त हामी आलु, अमि्रसो, चिराइतो र अकबरे पनि लगाउन थालेका छौं। बजारको सुर्ता छैन। किन्नेहरू घरै आउँछन्। नआए'नि के भो'र, दुई–तीन घन्टाको बाटो न हो, खुर्रर गयो, बेच्यो, आयो।'
पूर्वी पहाडका गाउँमा आइरहेको परिवर्तनको सूत्रधार हो, यहाँको सडक सञ्जाल र त्यससँगै जोडिएर आएको मध्यपहाडी लोकमार्ग। जसले उत्पादनलाई बजारसँग, गाउँलाई सहरसँग, किसानलाई उद्यमशीलतासँग र गरिबीलाई समृद्धिसँग जोड्दैछ।
‘पहिले यही अलैंची बेच्न पाइएला कि नपाइएला भन्ने चिन्ताले निद्रा पर्थेन, अहिले त अदुवा र अम्लिसो पनि छ बारीमा, तै मज्जाले सुत्छु,' पाँचथर, च्याङथापुका नवीन द्यौराली भन्छन्, ‘नाम्लो लाउनुपर्दैन, गाडी गाउँमै आउँछ।'
फलैंचाकै अर्का किसान पर्शुराम दाहालको उत्साह त यतिसम्म बढेको छ, उनले यसपालि ६० वटा स्याउ पनि रोप्न भ्याए, आफ्नो उही खेतमा, जहाँ कुनै बेला गहुँ र मकै रोप्नुको विकल्प उनीसँग थिएन।
‘व्यापारीहरू गाडी चढेर घरघरै सामान किन्न आइरहेका छन्, त्यही देखेर यसपालि स्याउ लगाएको छु, कस्तो फल्दोरैछ, हेरुँ,' उनी भन्छन्।
...
सडक बन्दैमा विकास हुँदैन। तर, विकास हुनलाई सडक नभई हुँदैन।
सडक बनेपछि गाडी चढेर पैसा ह्वारह्वार्ती गाउँ छिर्ने होइन। गाडी चढेर उकालो–ओरालो गर्ने भनेको बजार हो। जसले यो अवसर चिनेर गाडीको टिकट काट्यो, बजारसम्म पुग्ने ऊ मात्रै हो। सहरको व्यावसायिकता बुझ्ने उसैले हो। चेतनाको उज्यालो देख्ने उसैले हो। र, समृद्धिको अवसर पाउने पनि उसैले हो।
त्यसैले, सडक जति तन्किँदै जान्छ, पहिलो प्रतिस्पर्धा गाडीको टिकट लिनलाई नै हुन्छ।
पूर्वी पहाडको दुर्गम भेगका बासिन्दा अहिले त्यही पहिलो चरणको प्रतिस्पर्धाबाट गुजि्ररहेका छन्। सर्सती हेर्दा चिलले चल्ला छोपेझैं मध्यपहाडी लोकमार्गले ल्याएको अपार अवसर छोप्न पूर्वेली लालायित देखिन्छन्। व्यग्र देखिन्छन्।
पूर्वी पहाडमा सडक सञ्जाल फैलिँदो छ। दुई दशक अघिदेखि तराईसँग जोडिन हतारिएका पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर र सिन्धुली जिल्ला आपसमै पूर्व–पश्चिम जोडिने अभियानमा छन्। पहाडै पहाड पश्चिम नाता गाँस्ने योजनाको मध्यपहाडी लोकमार्गअन्तर्गत यी पूर्वी जिल्लालाई जोड्ने काम भइरहेको छ।
मेची राजमार्ग, कोसी राजमार्ग र माथिल्लो सगरमाथाजस्ता सडकका उत्तर–दक्षिण अवधारणालाई चिर्दै लोकमार्ग पूर्व–पश्चिम तानिएको छ। दोस्रो जनआन्दोलनलगत्तै मधेसमा उठेको विद्रोहको पृष्ठभूमिमा पहाडैपडाड सडक योजनाले आकार लिएको हो। पूर्वमा चिवा भञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म प्रस्तावित करिब १ हजार ७ सय किलोमिटर लामो लोकमार्गमध्ये पूर्वी पहाडको पाँचथरदेखि तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगा, धनकुटा र सिन्धुलीसम्म करिब ६ सय किलोमिटर खण्डमा नागरिकले हालै तीन साताको स्थलगत भ्रमण गरेको थियो।
यसमध्ये पाँचथर, तेह्रथुम र सिन्धुली गरी करिब २ सय किलोमिटर खण्डमा मात्र राजमार्ग स्तरमा नयाँ ट्र्याक खोलिएको छ। बाँकी ४ सय किलोमिटर विभिन्न सडक मध्यपहाडीको नाममा राखिए पनि राजमार्ग स्तरभन्दा साँघुरा छन्, ‘लिंक रोड' जस्ता। नयाँ खोलिएका ट्र्याकमध्ये अधिकांशमा हिउँदमा गाडी चल्न थालिसकेका छन्। पाँचथरमा २० र सिन्धुली–खुर्कोट खण्डमा करिब ४० किलोमिटर यसै आर्थिक वर्षभित्र कालोपत्रे गर्ने योजना छ। निर्माण व्यवसायीको आलटालले निर्धारित अवधिभित्रै कालोपत्रे हुनेमा भने शंका छँदैछ।
लोकमार्गको पूर्वी सिमाना चिवा भञ्ज्याङ भारतको सिक्किमसँग जोडिएको छ। बाक्लो जंगलले घेरिएको मानव बस्तीविहीन चिवा एउटा लेक हो, नेपालका लागि। त्यहाँबाट ३ सय ५० किलोमिटर पश्चिम सुनकोसी किनारको खुर्कोटमा मकैका बोट घुँडाघुँडासम्म लहलहाएका छन्। भर्खरै मात्र गहुँ, जौ काटेका गरा वरिपरि तरकारीको हरियाली छाएको छ। मध्यपहाडी सडकका यी दुई विन्दु पूर्वतर्फ भारत सिक्किमसँग नाता गाँस्दैछन् भने पश्चिममा राजधानी काठमाडौसँग जोडिँदैछन्। यही सडक सम्बन्धका कारण खुर्कोट आफैंमा नयाँ सहरको सपना पनि देख्दैछ।
यात्रा क्रममा भेटिएका दर्जनौं पात्र, लोकमार्ग छेउछाउका बस्तीको फेरिँदो मुहार र व्यावसायिक बन्ने तरखरमा रहेका किसानले मध्यपहाडी लोकमार्गले ल्याउँदै गरेको परिवर्तनको झलक दिन्छन्। लोकमार्गलाई केन्द्र मानेर स्थानीय स्तरमा विभिन्न गाउँ जोड्ने कृषि सडक निर्माणले तीव्रता पाएको छ।
पूर्वी पहाडको बढ्दो सडक सञ्जालकै कारण बसाइँ सर्ने क्रम घट्दैछ। गाउँले बजार तीव्र गतिले सहरोन्मुख छन्। गाउँका चिया पसलमा नयाँनयाँ उद्यमको चर्चा हुन्छ। पुराना काठेघरलाई आरसिसी भवनले विस्थापित गर्दैछन्। गाउँघर लघुजलविद्युतबाट उज्यालिएका छन्। सडक बन्दै गर्दा पाँचथरका चार गाविसमा पाँचवटा लद्युजलविद्युत आयोजना सञ्चालनमा थिए। लोकमार्ग पुगेपछि पाँचवटा थपिएका छन्। अन्य जिल्लाको स्थिति उस्तै छ। बिजुली नहुँदा पनि गाउँमा सोलारको उज्यालो छाउँछ।
विष्णु उच्च मावि, च्याङथापु, पाँचथरका सह–प्राचार्य यज्ञ भट्टराई सडक आएपछि किसान उद्यमशील हुन थालेको बताउँछन्। ‘मानिसका हातमा पैसा खेल्न थालेको छ,' उनी भन्छन्, ‘सडकले आफूसँगै सम्पन्नता र समृद्धि पनि ल्याउँदैछ, सहरका सुविधा गाउँमै भोग गर्न पाइने अवस्था आउँदैछ।' गाडी आएपछि गाउँगाउँमा कृषि उपकरण भित्रिएकाले खेती गर्न सहज हुँदै गएको उनी बताउँछन्।
‘दुई दशकसम्म मेची राजमार्गले मात्र जोडेको पाँचथरलाई मध्यपहाडी राजमार्गले पूर्व–पश्चिम हुँदै चिवाभञ्ज्याङदेखि तमोरसम्म जोडेको छ,' उनले स्थिति अवगत गराउँदै भने, ‘दुवै राजमार्गलाई पायक पर्नेगरी जिल्ला विकास समितिको स्रोतबाट गाउँगाउँ जोड्ने सडक धमाधम बनिरहेका छन्। जति–जति सडक तन्किँदैछ, उति विकास र उद्यमको अवसर गाउँ छिर्दैछ।'
फिदिमका व्यवसायी मित्रप्रसाद काफ्ले उनीसँग सहमत छन्। उनका अनुसार जिल्लाका मुख्य उत्पादन अलैंची, अमि्रसो र चिराइतोले यसअघि कहिल्यै नपाएको बजार पाएको छ। ‘भनेको ठाउँमा जान पाइएको छ, सामान्य किसानको पनि जीवनस्तर फेरिएको छ,' उनी भन्छन्।
विगतमा किनमेल वा अन्य कामका लागि गाउँबाट सदरमुकाम फिदिम आउनेहरू उही दिन घर फर्कन सक्दैनथे। अहिले यातायात पुगेपछि सदरमुकाम बास बस्नुपरेको छैन। सडक नबनुञ्जेल तेह्रथुमको आठराईबासीको व्यापारिक केन्द्र फिदिम बजार थियो। उताबाट पसिनाका धारा चुहाउँदै फिदिम आएकाहरू एक दिन बसेर किनमेल गर्थे। आठराईबाट आएर १५ वर्ष फिदिममा होटल चलाएका होमनाथ काफ्ले सम्झन्छन्, ‘किनमेल गर्न आउनेको भीड लाग्थ्यो। होटलमा खाना खाने र बास बस्नेहरू खचाखच हुन्थे।'
गाउँ–गाउँमा बाटो बनेपछि बास बस्नेहरू घटे। होटलको व्यवसाय सुक्यो।
‘अचेल त दैनिक उपभोग्य सामग्रीसमेत उतै पुग्न थालेको छ, सामान किन्ने मानिस उतिसाह्रो आउँदैनन्,' आठराईबासीलाई नै लक्ष्य गरेर ‘आठराई होटल' नाम राखेका काफ्ले भन्छन्, ‘सरकारी वा अरू सानातिना काम लिएर आउनेहरू पनि बिहान आएर बेलुकी फर्कन्छन्।'
व्यापार सुकेपछि काफ्ले अचेल बिर्तामोडमा विस्थापित भएका छन्। उनीमात्र होइन, सडक खुलेपछि साना होटल धेरैको नियति यस्तै छ। बाह्य पर्यटकलाई लक्ष्य गरी खुलेका ठूल्ठुला होटल खचाखच देखिए पनि गाउँबाट आउनेलाई लक्ष्य गरी खुलेका सामान्य होटल बन्दप्रायः छन्। यसको ठाउँ ठूलो लगानीका पर्यटक होटलले लिइरहेको होटल व्यवसायी संघका अध्यक्ष महेन्द्र थाम्सुहाङ बताउँछन्।
भौतिक निर्माणलाई हेर्ने हो भने फिदिमकै सिको गर्दै म्याङलुङ, भोजपुर, दिक्तेल सदरमुकाममा समेत काठेघरलाई क्रंकिट भवनले विस्थापित गर्दैछन्। रड, सिमेन्ट र स्थानीय निर्माण सामग्रीको बजार फैलँदो छ। यति हुँदाहुँदै एकाबिहानै रातो माटोले घर, दलान लिपपोत गर्ने चलन भने चटक्कै छाडिएको छैन।
तेह्रथुम, चुहानडाँडाका शिक्षक रामचन्द्र थपलिया पनि लोकमार्गलाई आधार बनाएर विभिन्न गाउँमा मोटरबाटो पुगेको र त्यसैका कारण पूर्वी भेग आर्थिक तथा सामाजिक रूपले सम्पन्न हुने दिशामा रहेको बताउँछन्। सबभन्दा ठूलो कुरा, यसले स्थानीयलाई सडकको महत्व बुझाएको छ। त्यही भएर गाविस, जिविसको बजेट र स्थानीयसँग रकम संकलन गरेर बाटो निर्माणलाई महत्व दिन थालिएको छ।
‘कतिपयले त निजी प्रयासमा आफ्नो टोल तथा घरैसम्म बाटो पुर्यािएका छन्,' थपलिया भन्छन्।
...
नागरिकको स्थलगत भ्रमण क्रममा जे देखियो, त्यस आधारमा भन्नुपर्दा मेची, कोसी र सगरमाथामा उत्तर–दक्षिण सडकले छोएका जिल्ला र भर्खरैमात्र यातायात पुगेका जिल्लाको विकास अवस्था फरक छ।
पाँचथर जिल्लालाई पहिल्यै मेची राजमार्गले छिचोलेको थियो। अलिअलि त्यसैको प्रभावले हुनसक्छ, तमोरवारिको पाँचथरका डाँडापाखामा हरियाली देखिन्छ, जबकि पारि तेह्रथुमको आठराई क्षेत्र आर्थिक, सामाजिक विकास र उद्यमशीलतमा भर्खरै पाइला चाल्दै छ। वामपन्थी राजनीतिमा पूर्वको राजधानी भनिने आठराईका अधिकांश खेत बाँझो र डाँडापाखा नांगा छन्।
पूर्वको शैक्षिक केन्द्र भनिने तेह्रथुमको चुहानडाँडामा २०१७ सालमै स्नातक तहसम्म पढाइ हुने तेह्रथुम बहुमुखी क्याम्पस खुलेको थियो। चुहानडाँडा हुँदै अहिले फराकिलो मध्यपहाडी बाटो गएको छ। चुहानडाँडाबाट आठराईको व्यापारिक केन्द्र संक्रान्ति र त्यहाँबाट तेह्रथुमको सदरमुकाम म्याङलुङसम्म लोकमार्गको ट्र्याक खोलिएको छ। एक वर्षअघि तमोरमा पक्की पुल बनेपछि आठराई क्षेत्र मन्द गतिमा विकासतर्फ अघि बढेको छ। यातायातकै कारण सदरमुकाम म्याङलुङ नजिकिएको छ। बसाइसराइँ पनि कम हुन थालेको स्थानीय बताउँछन्। फिदिमबाट संक्रान्ति र त्यहाँबाट म्याङलुङ दुवैतर्फ यातायात चल्न थालेको छ। यसले कुनै बेला नुनसँग साटिने अमि्रसो नगदे बाली बन्न पुगेको छ।
‘हामी नुनसँग अमि्रसोको फूल साट्थ्यौं,' इवाका कृषक सूर्यप्रसाद विमली भन्छन्, ‘पोहोर त्यही अमि्रसो ५० रुपैयाँ किलोमा बेच्यौं, यसपालि घरैमा ७० दिन आए।' ठूला गाडी गाउँ छिर्न थालेपछि नुनसँग सटहीको साटो नगदी व्यापार हुन थालेको उनी बताउँछन्।
यतिमात्र होइन, तमोरमा पुल बन्नुअघि आठराईका कृषकलाई आफ्नो अलैंची फिदिम पुर्यामउन भरिया लगाउनुपर्थ्यो। त्यहाँबाट झापा हुँदै विदेश जान्थ्यो। अलैंची महँगो उत्पादन भएकाले व्यापारीले जसरी भए पनि खरिद गर्थे तर अमि्रसो, चिराइतो, अदुवाजस्ता उत्पादनको भाउ कौडीबराबर थिएन। अहिले मध्यपहाडी राजमार्गले छोएका गाउँमा अलैंची खेतीले व्यापकता पाएको छ। मूल्य पनि बढेको छ। किसान अरू खेती घटाएर अलैंचीमा लागेका छन्। अलैंची नहुने क्षेत्रमा अमि्रसो खेती त्यसैगरी व्यावसायिक रूपले फस्टाएको छ। अदुवा, आलुलगायत बालीले पनि महत्व पाएका छन्।
पञ्चमीका जयबहादुर लिम्बु अलैंचीको भारी बोकेर पाँच दिन हिँड्दै इलाम पुग्नुपरेको क्षण सम्झन्छन्। ‘घरमै गाडी आउने भएपछि अलैंचीका साथमा अदुवा, अमि्रसो लगाउन थालेका छौं,' उनी भन्छन्, ‘बाटो आएपछि स्थानीयमा बसाइँ सर्ने चाहना पनि घटेको छ।' विगतमा एउटै वडाबाट वर्षको दुई–तीन परिवार बसाइँ सर्ने गरेकामा अहिले बन्द भएको उनी बताउँछन्।
तेह्रथुमका निर्वाचित सभासद भवानी खापुङले त बाटो निर्माणसँगै कृषि फार्ममा लगानी गर्ने योजना छन्। उनी म्याङलुङका व्यवसायी चन्द्र जोशी र शिवनाथ खापुङसँग मिलेर कुखुरापालन, बंगुरपालन र तरकारी खेतीमा करिब ५० लाख रुपैयाँ लगानी गर्ने तरखरमा छन्। ‘जमिन त्यत्तिकै थियो, बाटो खुलेपछि गाउँमै केही गरौं भनेर काम थालेका छौं,' भवानीले भने, ‘भर्खर ट्र्याक खुल्दैमा यस्तो लहर छ, पक्की सडक बनेपछि त धेरै किसान व्यावसायिक खेतीमा लाग्नेछन्।'
मध्यपहाडी लोकमार्गकै तेह्रथुम खण्डमा जतासुकै उत्तिसका गोलिया चाङ लगाइएको दृश्य देखिन्छ। एक वर्षअघि तमोरमा पुल बन्नु अघिसम्म यही उत्तिसले बजार नपाएर ‘टोक्नु न बोक्नु' भएको थियो। तेह्रथुम पूर्वकै धेरै बसाइसराइँ हुने जिल्लामा पर्छ। दुर्गम भूगोल र खानेपानी अभाव यसका मुख्य कारण हुन्। काम खोज्न मधेस झर्ने वा विदेशिनेको कथा छुट्टै छ। अहिले त्यही बसाइँ सर्नेका बारीमा आफैं उमि्रएर हुर्किएका उत्तिसले गाउँलाई नै सम्पन्न बनाउँदै लगेको चुहानडाँडाका किसान जयप्रसाद मैनाली सुनाउँछन्।
‘दाउरा बाल्नुबाहेक उत्तिसको काम थिएन, तैपनि सकिँदैनथ्यो, लोकमार्गले खेर गइरहेको उत्तिसलाई पैसामा रूपान्तरण गरेको छ,' उनी भन्छन्, ‘दिनहुँ ट्रकका ट्रक उत्तिस झापा झर्दैछन्।' २०६९ वैशाखदेखि तमोर नदीमा पुल सञ्चालनमा आएपछि उत्तिसले बजार पाएको हो। अचेल त तेह्रथुमका किसानले आफ्नो अलैंची खेतीलाई छहारी दिन पनि उत्तिस रोप्न थालेका छन्।
यो वर्ष आठराई क्षेत्रबाट मात्रै करिब दुई लाख क्युफिट उत्तिस बिक्री हुनसक्ने गोलिया व्यवसायी लीला हामसुङको अनुमान छ। उनका अनुसार पोहोर हिउँदमा २५/३० हजार क्युफिट निस्किएको थियो।
तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडाका निमित्त प्रमुख लक्ष्मण खड्काका अनुसार सडक सञ्जाल विस्तारसँगै गाउँमा खाद्यान्न र निर्माण सामग्रीको पहुँच पनि सहज बनेको छ। झापाबाट खाद्यान्नदेखि सिमेन्टलगायत सामग्री ट्रकका ट्रक गाउँ छिर्छन्। र, ती रित्तै फर्किंदैनन्। कुनै बेला नुनसँग वस्तु विनिमय हुने यहाँको नगदेबाली अचेल खाद्यान्न र निर्माण सामग्रीसँग नगदी सटही हुन थालेको छ। यसको मतलब, नगदेबालीले गाउँमा विकास भित्याउँदैछ। र, यसको सेतु बनेको छ, सडक सञ्जाल।
खाद्यान्न उपलब्धता सहज भएको ज्वलन्त उदाहरण तेह्रथुमकै चुहानडाँडा, थोक्लुङ र छातेढुंगा हुन्। सुक्खा क्षेत्रमा पर्ने यी ठाउँमा मकै र कोदो मुख्य बालीमा पर्छन्। चार वर्ष अघिसम्म त्यही मकै र कोदो बेच्न यहाँका किसान दुई घन्टा पैदल हिँडेर सात किलोमिटर पश्चिमको संक्रान्ति बजार पुग्थे। त्यसबाट आएको पैसाले चामल किन्न १० किलोमिटर पूर्व पाँचथरको फिदिम जान्थे, हिँडेरै।
चुहानडाँडाकी गौरा मैनालीका अनुसार यसरी संक्रान्तिमा मकै र कोदो बेचेर फिदिमबाट चामल ल्याउनै दुई दिन लाग्थ्यो। ‘अहिले बिर्तामोडका व्यापारीले घरघरमा सामान ल्याइदिन्छन्,' उनी भन्छिन्, ‘महिलालाई धेरै सुविस्ता भएको छ।'
उदयपुरको व्यापारिक केन्द्र घुर्मीबाट सिन्धुलीको खुर्कोटसम्मको करिब ६० किलोमिटर बाटो मध्यपहाडी लोकमार्गकै सबभन्दा बढी काम भएको बाटोमा पर्छ। घुर्मी बजार क्षेत्रको करिब एक किलोमिटरमा ट्र्याकसमेत नखोलिएको भए पनि लोकमार्गको खुर्कोटतर्फ २० किलोमिटर कालोपत्रे गर्ने ठेक्का लागिसकेको छ। आयोजनाका इन्जिनियर गोपी सिलवाल यसै आर्थिक वर्षभित्र कालोपत्रे हुनेमा विश्वस्त छन्।
बाटो निर्माणसँगै सिन्धुली कृषि उद्यममा अघि सरेको छ। सुनकोसी किनारका गरामा चैतको खडेरीमा पनि हरियाली देखिन्छ। सिन्धुली ग्वालटारका बाबुराम श्रेष्ठ सडक आएपछि कृषिलाई उद्यम बनाउने एक प्रतिनिधि पात्र हुन्।
उनी तीन वर्षयता व्यावसायिक तरकारी खेतीमा लागेका छन्। लामो समयदेखि सानो बारीमा सागसब्जी उत्पादन गरेर रामेछापको मन्थलीमा बेच्दै आएका उनले सडक विस्तारसँगै उत्पादन बढाएर सिन्धुलीगढी हुँदै तराई र काठमाडौंसम्म पुर्यारएका छन्। भुवनेश्वरी कृषि सहकारी संस्थामा आबद्ध उनले यो सिजनमा ४० टन बन्दा, ४० टन काउली उत्पादन गरेको जानकारी दिए। ‘सय रोपनीमा काउली र अर्को सय रोपनीमा काँक्रो–टमाटर लगाएको छु,' उनले भने, ‘उद्यम गर्न चाहनेलाई सडकले उत्साही बनाएको छ।'
पाँचथर, माझिटारका निर्मला माझीको अनुभव पनि रोचक छ।
उनको परिवार तमोरमा माछा मारेर जीविका चलाउँथ्यो। सामान्य खेतीपाती, ज्याला, मजदुरी र भारी बोक्ने काम पनि गर्थ्यो। अहिले आँगनबाट सडक बनेपछि र तमोरमा पुल बनेपछि पैसा कमाउने अवसर जुटेको उनी बताउँछिन्।
‘सडक भनेको अवसर हो, अल्छी नगर्ने र लाज नमान्नेका लागि,' उनी भन्छिन्, ‘सडक भए जंगलको खर काट्दा पनि पैसा, बालुवा चाल्दा पनि पैसा, बगरको ढुंगा कुट्दा पनि पैसा, काम गर्न लाज मान्नुहुन्न, जाँगर गरे जेमा नि पैसा छ।'
सबैतिर छैन उत्साह
धनकुटाबाट हिले, वसन्तपुर हुँदै म्याङलुङ र संखुवासभा जोडिएको डेढ दशकअघि नै हो। कोसी राजमार्ग बनेपछि यस क्षेत्रको आर्थिक गतिविधिले उल्लेखनीय फड्को मारेको छ। म्याङलुङबाट हिलेसम्मको करिब ५२ किलोमिटर यात्रा क्रममा डाँडापाखामा हरिया सागसब्जी देखिन्छ। बजारमा जडीबुटीको थोक कारोबार भइरहेको पाइन्छ। गत वर्षमात्र यहाँबाट १२ करोड रुपैयाँ बराबरको तरकारी निकासी भयो।
हिले, वसन्तपुर, सिधुवा, पाखि्रबाससम्मका स्थानीयको जीवनस्तर उकासिनुको प्रमुख कारण सडक सञ्जाललाई नै मानिन्छ। हिले र पाखि्रबास काटेपछि भने कृषिलाई उद्यम बनाउने जाँगर देखिँदैन। डाँडापाखा रित्ता छन्। डेढ दशकअघि निर्माण भएर धिमा गतिमा अघि बढेको हिले–भोजपुर सडकलाई नारदमुनि थुलुङ सहायक मार्ग नाम राखिएको छ। मध्यपहाडी लोकमार्गले आफ्नो नक्सामा पारेको यस सडकमा मध्यपहाडी आयोजनाबाट कुनै काम भएको देखिँदैन।
हिले–भोजपुरको करिब ९२ किलोमिटर कच्ची सडकमा वर्षभरि यातायात चल्न सक्दैन। अरुणको पुल मंसिरदेखि मात्रै औपचारिक प्रयोग आएको हो। तैपनि बर्खामा भोजपुर सदरमुकाम छिचोल्न समस्या छ। आउँदो बर्खामा भोजपुरबाट करिब २० किलोमिटर वरै श्यामसिलासम्म मात्र यातायात चलाउनेगरी कच्ची सडकमा ढुंगा बिछ्याउने काम भइरहेको छ। हिउँदमात्र चल्ने सडकले भोजपुरेलाई उद्यम, व्यापारमा तान्न सकेको देखिँदैन। अरुण नदीपूर्व सडक सञ्जालमा जोडिएका धनकुटा, तेह्रथुमका हरिया डाँडापाखा र भर्खरैमात्र सडकले जोडिने क्रममा रहेको भोजपुरतर्फका नांगा पाखाले जाँगरिला हातको प्रतीक्षा गरेको अनुभव हुन्छ।
भोजपुरमा सिँचाइ लाग्ने खेत बाँझै छन्। एक बाली धानमात्र जसोतसो लगाइएको छ। वैदेशिक रोजगारका लागि गाउँबाट युवा पलायन हुने क्रम रोकिएको छैन। हुनेखानेहरू विराटनगर, काठमाडौं झरेका छन्।
भोजपुर कलेजका क्याम्पस प्रमुख हेमन्त राई सडकले सदरमुकाम जोडिए पनि वर्षभरि गाडी चल्नेमा शंका रहेको बताउँछन्। अहिलेकै अवस्थामा पनि कुखुरापालन, दूध फार्मलगायत उद्यम भने फाट्टफुट्टै खुल्न थालेका छन्। वर्षभरि बाटो चल्नासाथ यहाँको कृषि उद्यमशीलताले गति लिने उनी बताउँछन्।
भोजपुरबाट खोटाङ सदरमुकाम दिक्तेलसम्म बेलायती सरकारको सहयोगप्राप्त ग्रामीण सडक कार्यक्रमले खनेर पाँच–सात वर्ष अघिदेखि प्रयोगमा ल्याएको करिब ८८ किलोमिटर सडक मध्यपहाडी लोकमार्गले लिएको छ। यो सडक विस्तारको काम पनि मन्द गतिमा भइरहेको छ। यही शिथिलताका कारण खोटाङ अझै पनि भरपर्दो सडक सञ्जालमा समेटिन सकेको छैन। भोजपुरबाट चखेवा भञ्ज्याङ र त्यहाँबाट खोटाङसम्म करिब ८८ किलोमिटर यात्रा गर्न दुई दिन लाग्ने अवस्था छ। अप्ठ्यारो बाटो र सार्वजनिक यातायातको सिन्डिकेटका कारण यात्रा सहज छैन।
सडक सञ्जालमा नजोडिएकै कारण भोजपुरका दावा, छिनामखु, अन्नपूर्ण, चखेवा भञ्ज्याङ र खोटाङको निर्मली डाँडा, चिहानडाँडा, नेर्पा, दोर्पा हुँदै दिक्तेलसम्मको यात्रामा अधिकाश डाँडापाखा बाँझै देखिन्छन्। भोजपुर र खोटाङका मध्यपहाडी मार्गका पर्ने गाउँहरूका अधिकांश खेत पनि बाँझै थिए। यस क्षेत्रमा सुन्तलाका बगैंचा, उत्तिस, चिलाउनेका रुख र ठूल्ठुला बाँसका झाङ भरपर्दो यातायातको प्रतीक्षामा रहेको देखिन्छ।
निर्मलीका व्यवसायी रेमन राई सात–आठ वर्षदेखि ट्र्याक्टर लगायत सवारी चल्न थाले पनि गत वर्षदेखि मात्र सार्वजनिक यातायात चलेको बताउँछन्। यसले सामानको ढुवानी लागत भने घटेको छ। ‘पहिले खच्चडबाट सामान ल्याउँदा किलोको २५ रुपैया पर्थ्यो, आजकल गाडीबाट ल्याउँदा किलोको ७–८ रुपैयामात्र पर्छ,' उनी भन्छन्।
दिक्तेल उद्योग वाणिज्य संघका अध्यक्ष खुशनारायण सैंजु खोटाङ सम्भावनाको जिल्ला भएर पनि नाममात्रको सडकका कारण पछि परेको बताउँछन्। चौध वर्षअघि सुरु भएर पनि सम्पन्न हुन नसकेको घुर्मी–हर्कपुर जोड्ने सुनकोसी पुल र जयरामघाटको दूधकोसी पुल निर्माण नहुँदा खोटाङ विकासमा पछि परेको उनको भनाइ छ।
घुर्मी–दिक्तेलको करिब १०० किलोमिटर सडकमध्ये हलेसी जयरामघाट करिब ३० किलोमिटर भारतीय सहयोगमा पिच गरिएको सडकमा गणना हुन्छ। तर, सडक आधा कालोपत्रे र आधा ग्राभेलको स्तरमा छ। दूधकोसी र सुनकोसीमा पक्की पुल छैनन्। हिउँदमा राखिएका बेलिब्रिज जेठमा झिकेपछि सदरमुकाम सोझो यातायातबाट वञ्चित हुन्छ। यो सडक खण्ड पनि मध्यपहाडी लोकमार्गको नक्सामा त छ तर कुनै काम भएको छैन। सदरमुकाम जोड्ने मार्गका रूपमा ट्र्याकमात्र खोलिएको छ। त्यो पनि रेखदेख गर्ने निकायको अभावले जीर्ण बन्दै गएको छ।
‘कृषिको प्रशस्त सम्भावना छ, बसाइँ सरेर गएकाहरू गाउँ फर्किएर केही गरौं भन्ने पक्षमा छन् तर सडक राम्रो छैन,' सैंजु भन्छन्, ‘बनिसकेको सडक भत्किने क्रममा छ, दूधकोसी र सुनकोसीमा वर्षोदेखि पुल छैनन्, खोटाङ वर्षामा त टापुजस्तै बन्छ।'

(फिदिमका गिरिराज बाँस्कोटा, धनकुटाका सिद्धराज राई, खोटाङका दमन राई र सिन्धुलीका अनिल भण्डारीको सहयोगमा)

No comments:
Post a Comment