काठमाडौं — नेपाली सफ्टवेयर कम्पनीको दायरा फराकिलो बन्दै गएपछि पछिल्लोपटक नेपालबाट आउटसोर्सिङको काम पनि बढ्दै गएको छ। प्रविधिको फराकिलो दायरामा अनेकथरी सुविधा हुन थालेपछि मोबाइल एपदेखि वेबसाइट डिजाइनसम्मका विदेशी काम नेपालमै बसेर गर्ने क्रम बढेको हो।
डेभलपर तथा सूचना प्रविधि व्यवसायीका अनुसार नेपालमा वार्षिक ३ अर्ब रुपैयाँ बराबरको आउटसोर्सिङ कारोबार हुन्छ । नेपाली बजारमा बढ्दो सफ्टवेयर प्रयोगले सजिलो मात्र नबनाई कारोबार पनि बढाएको हो । नेपालको सूचना प्रविधि क्षेत्रमा सफ्टवेयरको सबैभन्दा राम्रो बजार र सम्भावना भएको पनि सफ्टवेयर डेभलपर तथा कम्पनीहरु बताउँछन् । मोबाइल एप्लिकेसनदेखि स्वास्थ्य, शिक्षा, वित्तीय एवं विभिन्न व्यापारिक र सरकारी प्रयोजनका सफ्टवेयर निर्माण, वेबपेज डिजाइनको काममा नेपाली सफ्टवेयर कम्पनीले सेवा दिन थालेपछि यसको बजार बढ्दै गएको छ ।
पछिल्लोपटक नेपाली सफ्टवेयर कम्पनीको बजार ह्वात्तै बढेको कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष विनोद ढकाल बताउँछन् । नेपाली कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति जनाउँदै गएपछि आउटसोर्सिङको काम झनै बढेको उनले बताए । नेपाली कम्पनीले विश्वव्यापी प्रयोगका एप्लिकेसन र सफ्टवेयर निर्माण गर्ने क्रमसँगै यहाँबाट आउटसोर्सिङको काम बढेको उनले बताए ।
'नेपाली सफ्टवेयर र डेभलपरको कामप्रतिको विश्वास अन्तर्राष्ट्रियस्तरमा बढ्दै गएको छ,' ढकालले भने । विदेशमा रहेका कम्पनीका लागि नेपालमा नै बसेर काम गर्ने क्रम बढ्दा यस्ता कम्पनीको संख्या पनि बढेको उनले बताए । नेपालबाट एक करोड रुपैयाँसम्मका ठूला, कर्पाेरेट र सुरक्षित मानिने सफ्टवेयरको कामसमेत हुने गरेको उनले जानकारी दिए । यस्ता कम्पनीले वार्षिक रुपमा ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्छन् ।
सफ्टवेयरको मागसँगै डेभलपरलाई रोजगारी र नयाँनयाँ कम्पनी खुल्ने क्रम बढिरहेको छ । ढकालका अनुसार अहिले
नेपालमा ८ सयभन्दा बढी सफ्टवेयर कम्पनी छन् । यसमा १ सयभन्दा बढी आउटसोर्सिङ कम्पनी छन् । एउटा कम्पनीमा ५ देखि १० जना डेभलपरले काम गरिरहेको उनले बताए ।
सरकारी कार्यालय, निजी प्रयोग, व्यापारिक प्रयोजन तथा अन्तर्राष्ट्रिय बजारमा पहँुच बढ्दै गएपछि नेपालमा उत्पादित सफ्टवेयरको प्रयोग बढ्दै गएको हो । आउटसोर्सिङमा काम मात्र होइन स्थानीय बजारमा पनि नेपाली सफ्टवेयरको प्रयोग बाक्लिएको छ ।
नेपाली सफ्टवेयर कम्पनीले पनि अन्तर्राष्ट्रिय कम्पनीसँग 'टाइ अप' गरेर काम गर्न थालेपछि आउटसोर्सिङ बढेको उडान सफ्टवेयरका चिफ टेक्निकल अफिसर विमलकुमार क्षेत्रीले बताए । 'पहिला आउटसोर्सिङको काम भारतबाट मात्र हुन्थ्यो, नेपाली कम्पनीलाई पनि विदेशीले विश्वास गर्न थालेपछि यता पनि काम बढ्यो,' उनले भने । अस्ट्रेलिया, युकेलगायतका देशमा वेब एप्स निर्माण गरेका उनले यो क्षेत्रमा युवापुस्तालाई राम्रो करिअरको अवसर भएको बताए ।
नेपाली कम्पनीले निर्माण गरेको बैकिङ सफ्टवेयर पुमोरी, ई–सेवा, रेडिएन्ट, फिन्सिस,

माइन्डमिल लगायत अन्तर्राष्ट्रिय बजारसम्म पुगेको छ । नेपालीले गर्न सक्ने विश्वासकै कारण विदेशी कम्पनीले नेपालमा काम दिएको बारकोड नेपालका सिस्टम एनालिस्ट विशालमान सिंह बताउँछन् । सफ्टवेयरको काम पछिल्लो समय बढिरहेको बताउँदै प्रयोगकर्ता र उपभोक्ता दुवै यसबाट लाभान्वित भएकाले यसको लोकप्रियता पनि बढ्दै गएको उनले प्रस्ट्याए ।नेपालमा मर्केन्टाइल, पिसिएस, उडान, मिदास, एफवान सफ्ट, सिरान टेक्नोलोजी, ब्रेनडिजिट, गोल्छा अर्गनाइजेसन अन्तर्गतको आइटी नेपालले बढी मात्रामा सफ्टवेयर निर्माण गर्छन् । रेस्टुरेन्ट, अस्पताल, रिटेल पसल, म्यानपावर कम्पनी, स्कुल, कलेज, सहकारी, बैंक, होटल, एचआरलगायत सबै क्षेत्रमा अहिले सफ्टवेयर निर्माण भइरहेको छ।
विश्वव्यापी बोलपत्र, कम्पनीको पब्लिक रिलेसनको आधारमा नेपाली कम्पनीले आउटसोर्सिङको काम लिने सिरान टेक्नोलोजीका अध्यक्ष विश्वास ढकाल बताउँछन्।
भारतमा भन्दा नेपालमा सस्तो पारिश्रमिक भएकाले पनि नेपालबाट आउटसोर्सिङको काम बढेको ढकाल बताउँछन् । भारतमा प्रतिघन्टा न्यूनतम १६ डलर पारिश्रमिकमा काम हुन्छ। 'त्यही काम नेपालमा १० डलरमा हुन्छ,' उनले भने। उनका अनुसार नेपालमा फ्रिल्यान्सरको रुपमा ४ हजारजनाले साना ठूला आउटसोर्सिङको काम गर्छन्। ग्राफिक्स, प्रोग्रामिङ, सफ्टवेयर निर्माण, नेटवर्क, सिस्टमलगायतका आउटसोर्सिङको काम नेपालबाट हुने गरेको छ । तर, नेपालमा आउटसोर्सिङको व्यवस्थित कारोबार, नियमन र दर्ता नहुँदा व्यवसायी र सरकार दुवैलाई घाटा भएको व्यवसायी बताउँछन्।
Source- Nagariknews

No comments:
Post a Comment