नेपालमा केराको राम्रो खपत भएको तर व्यवसायिक रुपमा कसैले पनि खेती नगरेकाले केरा व्यवसाय तर्फ आकर्षित भएको उहाँ वताउनुहुन्छ। ४८ वर्षका अधिकारीका एक छोरा र एक छोरी हुनुहुन्छ। भरतपुरको सप्तगण्डकी क्याम्पस वाट वि.कम पास गर्नुभएका अधिकारीको कृषि व्यबसाय तर्फ सानै देखिको सोख भएका कारण २०४२ सालमा नवलपरासीको रजहरमा कुखुरा पालन गरी आफनो व्यवसायको सुरुवात गर्नु भएको थियो।
उचित वजारको व्यवस्था नभएकाले ६ वर्ष पछि कुखुरापालन व्यवसाय छाडेर केरा व्यवसाय तर्फ लागेको अधिकारी वताउनुहुन्छ। पछिल्लो समय माछापालन व्यवसाय सुरु गर्नुभएका अधिकारीले जिउँदो तथा ताजा माछा पसल पनि संचालन गर्नुभएको छ। अब लागौं चितवन टुडेका लागी अनिता अर्यालले गर्नुभएको अन्तरङ्ग कुराकानी:
आजभोली के मा ब्यस्त हुनुहुन्छ ?
म आजभोली भरतपुरमा रहेको नमुना जिउँदो ताजा माछा पसलमा बस्छु। केराखेती लाई समय दिन्छु। यसो माछा पोखरी तिर माछाको रेखदेख गर्छु, यस्तै छ।

कति साल बाट केरा ब्यवसायमा लाग्नुभयो ? केरा ब्यवसाय तर्फ लाग्नुको कारण के होला ?
म २०५१ सालवाट यस व्यवसायमा लागेको हुँ। केराको बजार निकै राम्रो तर केरा व्यवसाय गर्ने व्यवसायी थोरै भएकाले सम्भावना देखेरै यो केरा व्यवसायमा लागेको हुँ। स्कुल पढने समयमा कृषि विषयमा राम्रो नम्बर ल्याउने गर्दर्थे। मेरो रुचि पनि कृषि विषय थियो। मेरो सानै देखिको कृषि ब्यवसाय प्रतिको लगावका कारण पनि केरा व्यवसाय पर्टी लागें।

कति विगाहामा केरा खेती गर्नुभएको छ ? वार्षिक आम्दानी कति गर्नुहुन्छ ?
२०५१ सालवाट भरतपुरमा र रत्ननगरमा गरी अहिले जम्मा १५ विगाहामा केरा खेती गरेको छु। सवै भाडामा जग्गा लिएर केरा खेती गरेको हो। अहिले खर्च कटाएर वार्षिक १० लाख कमाइ हुन्छ।

केरा खेती गर्दा गर्दै माछा व्यवसाय तर्फ कसरी लाग्नुभयो त ?केरावाट निस्कने सबै तत्व माछाका लागि आवश्यक हुने भएकोले २०६० सालवाट माछापालन तर्फ आकर्षित भएँ। जस्तै केराको पात, डाँठ, केरा सवै माछाको आहरा भएकोले पनि केरा र माछापालन एक आपसमा मिल्दछन। त्यस्तै दुवै कृषि पेशा नै हो। अर्को कुरा के छ भने जाडो सिजनमा माछा तयारी हुन्छ र गर्मी मौसममा केरा। त्यसैले वर्षभरी दुई ब्यवसायवाट फाइदा लिन मिल्ने भएकोले माछा व्यवसायलाइ पनि साथसाथै लगेको हुँ।

माछा पोखरी कति छन् ? माछा वाट वार्षिक आम्दानी कस्तो छ ?
माछा पोखरी अहिले दश वटा छन। यसवाट वार्षिक खर्च कटाएर ३० देखि ४० लाख आम्दानी गर्दै आएको छु। माछा पोखरी दुई वटा रत्ननगरमा छन र आठ वटा कुमरोज गाविसमा छन्।

कृषि ब्यवसायलाई अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। तपाईको व्यवसायमा सरकारी निकायवाट सहयोग भएको छ की छैन ?
व्यक्तिगत रुपमा सरकारी निकायहरुले मलाई सहयोग गरेका छैनन्। तर समिति मार्फत औषधि र बिउ कहिले काँही पाईने गरिएको छ। ति पर्याप्त हुने पनि होइन, एक किसिमले झारो टार्ने काम भएको छ। त्यसैले कृषिकको आवश्यकता सरकारी निकायले पुरा गर्न सकेका छैनन् भनेर भन्दा उपयुक्त होला।

तपाईले माछा र केरा व्यवसाय संग संगै अगाडि बढाउनु भएको छ। यसको बजार कस्तो पाउनु भएको छ ?
हामीले उत्पादन गरेका सामाग्रीहरु गुणस्तरिय हुन्छन्। राम्रो उत्पादन गर्दा लागत मुल्य पनि धेरै पर्ने भएकाले हाम्रो उत्पादनको मुल्य केही महङगो हुन स्वभाविक पनि हो। स्थानीय बजारमा हाम्रो उत्पादकको विक्री मुल्य गुणस्तरिय भएकाले केही महङगो पर्ने भएकाले भरतवाट आयत हुने माछा र केराले हाम्रो बजार विस्तापित गर्ने गरेका छन्।

स्वदेशको उत्पादनलाई प्रोत्सहान गर्न राज्यले भन्सार छलेर ल्याउने केरा र माछाको आयत रोक्नु पर्छ। अवैध रुपमा आएका सामाग्रीहरुले हाम्रो बजारलाई खाईदिएको छ।
from-Chitwan Today
from-Chitwan Today
No comments:
Post a Comment