विराटनगर भन्सार कार्यालय रानीले चालु आर्थिक वर्षको सात महिनामा रु सात अर्ब ६६ करोड ११ लाख ८१ हजार राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार आर्थिक वर्ष २०६९/०७० को साउनदेखि माघ महिनासम्ममा सो कार्यालयले लक्ष्य भन्दा ११२ प्रतिशतले राजस्व सङ्कलन गरेको बताइएको छ।
कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद दाहालले सात महिनाको लक्ष्य रु छ अर्ब ८१ करोड ४९ लाख रहेकामा राजस्व रु सात अर्ब ६६ करोड सङ्कलन भएको जानकारी दिए ।
चोरी तस्करी नियन्त्रण, प्रभावकारी अनुगमन तथा आयात निर्यातमा भएको वृद्धि तथा न्यायोचित भन्सार मूल्याङ्कनले राजस्व वृद्धि भएको उनको भनाइ रहेको छ।
सात महिनामा भन्सार राजस्व रु दुई अर्र्ब ६१ करोड २८ लाख, मूल्य अभिवृद्धिकर रु चार अर्व ४० करोड तथा अन्तः शुल्क रु ४८ करोड ८४ लाख तथा सडक सुधारबापत रु १६ करोड २६ लाख २३ हजार राजस्व सङ्कलन भएको कार्यालयबाट प्राप्त विवरणमा उल्लेख छ।
त्यसैगरी, कार्यालयले गत आव २०६८/६९ को तुलनामा चालु आवको २०६९/७० मा १२५ प्रतिशतले अत्यधिक राजस्व सङ्कलन गरेको छ।
गत आवको सो अवधिमा रु छ अर्ब ५८ करोड ३४ लाख राजस्व सङ्कलन भएको थियो भने चालु आवको सो अवधिमा रु सात अर्ब ६६ करोड राजस्व सङ्कलन भएको छ।
यसैबीच, उद्योग सङ्गठन मोरङ तथा भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयबीच व्यवसायी कारोबार विषयमा छलफल गरिएको छ।
छलफलमा उद्यागी व्यवसायीले राजस्व सङ्कलनको बहानामा व्यावसायीहरूलाई दुःख तथा झन्झट दिन नहुने बताएका छन् ।
साथै उद्योगी-व्यवसायी तथा राजस्वसँग सम्बन्धित कर्मचारीबीच मित्रवत् व्यवहार हुनुपर्ने बन्द, हडताल, चन्दा आतङ्क रोक्नुपर्ने र विद्युत्भार कटौतीबाट मुक्त पार्नुपर्ने उनीहरूको आग्रह थियो।
छलफलमा उद्यागी व्यवसायीले राजस्व सङ्कलनको बहानामा व्यावसायीहरूलाई दुःख तथा झन्झट दिन नहुने बताएका छन् ।
साथै उद्योगी-व्यवसायी तथा राजस्वसँग सम्बन्धित कर्मचारीबीच मित्रवत् व्यवहार हुनुपर्ने बन्द, हडताल, चन्दा आतङ्क रोक्नुपर्ने र विद्युत्भार कटौतीबाट मुक्त पार्नुपर्ने उनीहरूको आग्रह थियो।
सो छलफलमा उद्योग सङ्गठनका कार्यवाहक अध्यक्ष मुकेश उपाध्याय, उद्योगी, नन्दकिशोर राठी, भीम घिमिरे, नवलकिशोर कावरा, विराटनगर नगर भन्सारप्रमुख राजेन्द्र दाहाल तथा आन्तरिक राजस्व कार्यालयका प्रमुख गोपालप्रसाद कोइरालाले आ-आफ्नो विचार व्यक्त गरेका थिए । रासस
No comments:
Post a Comment