म्याग्दीमा १० करोड लगानीमा एकाउन्न वटा साना जलविद्युत् परियोजना
बाबियाचौर(म्याग्दी), माघ ९ - पहाडी जिल्ला म्याग्दीमा रु. १० करोडभन्दा बढी लगानीमा सञ्चालित लद्युजलविद्युत् परियोजनामार्फत ४८० किलोवाट विद्युत् उत्पादन भएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, जिविसअन्तर्गतको ऊर्जा तथा वातावरण एकाई, धौलागिरि सामुदायिक विकास केन्द्र, जिल्ला विकास समिति, गाउँ विकास समिति, दातृ निकाय एग्रिकल्चर एड बिटि्रस गोर्खाज (कादुरी) र स्थानीयवासीको लगानीमा म्याग्दीमा ५१ वटा लद्युजलविद्युत् परियोजना निर्माण भएका छन्।
तत्कालै विद्युतीकरणको सम्भावना नरहेको र पानीको स्रोत भएको ठाउँमा ऊर्जा तथा वातावरण एकाइमार्फत एक निर्माणाधीन र धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) मार्फत थप तीनवटा लद्युजलविद्युत् परियोजना निर्माणको तयारीमा रहेका एकाइका प्रमुख अधिकृत रञ्जन अधिकारीले जानकारी दिए ।
ग्रामीण ऊर्जा विकास कार्यक्रममार्फत ११ गाविसमा निर्मित तीनवटा पेल्ट्रिकसेटसहित ३११ किलोवाट क्षमताका १५ लद्युजलविद्युत् परियोजनाबाट तीन हजार एक सय र डिसिआरडिसीमार्फत निर्मित ५९.५ किलोवाट क्षमताका तीनवटा लद्युजलविद्युत् परियोजनाबाट ५२२ घरधुरी लाभान्वित भएका अधिकृत अधिकारीले जानकारी दिए ।
ऊर्जा तथा वातावरण एकाइ म्याग्दी शाखाका अनुसार कादुरी परियोजनामार्फत निर्मित ३६ मेघावाट क्षमताका चारवटा परियोजनाबाट ३५० र समुदायको आफ्नै लगानीमा निर्मित १९ वटा ४३.६ किलोवाट क्षमताका पेल्ट्रिकसेट परियोजनामार्फत करिब ५०० घरधुरी लाभान्वित भएका छन्।
यसैगरी, धौलागिरि सामुदायिक स्रोत केन्द्रमार्फत वैकल्पिक ऊर्जा प्रवर्द्धनको अनुदानमा समुदायले निर्माण गरेको १० वटा ३१ किलोवाट क्षमताको पेल्ट्रिकसेट परियोजनाबाट ३०० घरधुरीले विद्युत् सुविधा पाएका छन्।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ग्रामीण जीवनस्तर परिवर्तन, गरिबी न्यूनीकरण र रोजगारी सिर्जनाका लागि लद्युजलविद्युत् परियोजना निर्माण गर्न पाँच किलोवाटभन्दा कम क्षमताका परियोजनालाई प्रतिकिलोवाट रु. ९७ हजार ५०० र पाँचदेखि ५०० किलोवाट क्षमतासम्मका परियोजनाका लागि प्रतिकिलोवाट रु. एक लाख २५ हजारका दरले अनुदान उपलब्ध गराउने गरेको छ।
पहाडी जिल्ला म्याग्दीमा रु. १० करोडभन्दा बढी लगानीमा सञ्चालित लद्युजलविद्युत् परियोजनामार्फत ४८० किलोवाट विद्युत् उत्पादन भएको छ

ऊर्जा तथा वातावरण एकाइ म्याग्दी शाखा र डिसिआरडिसीमार्फत पाँच किलोवाटभन्दा बढी क्षमताका १५ वटा परियोजनाले चार करोड ५० लाख ६२ हजार ५०० रुपैयाँ अनुदान पाएका छन्।
यसैगरी, पाँच किलोवाटभन्दा कम क्षमताका १३ वटा परियोजनाले ३९ लाख ९७ हजार ५०० रुपैयाँ अनुदान पाएको ऊर्जा तथा वातावरण एकाइले जनाएको छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका साथै जिविस, गाविसले पनि अनुदान उपलब्ध गराउने गरेका छन् भने समुदायले श्रमदान तथा अपुग रकम सङ्कलन गरेर लगानी गरेका छन्। ग्रामीण क्षेत्रमा लद्युजलविद्युत् परियोजना निर्माण गर्दा अनुदानको दोब्बर बढी रकम समुदायस्तरबाट लगानी हुने गरेको रुम खोला लद्युजलविद्युत् परियोजना निस्कोटका अध्यक्ष दिलीप शेरचनले बताए । रासस

No comments:
Post a Comment