सुरजकुमार भुजेल
मकवानपुर चित्लाङका अशोककुमार सिंह ठकुरीलाई समाजमा परिवर्तन ल्याउने एउटै चिज भनेको राजनीति मात्र हो जस्तो लाग्थ्यो । त्यही मनस्थितीले जीवनका केही वर्È उनी राजनीतिमा पनि लागँे । ‘म कति समय त दलको स्थानीय नेता भएर भाषण पनि गर्थे’ अशोकले अतित् सम्झे । जिल्ला स्तरको नेता हुनासाथ उनले राजनीतिको स्कुलिङमा के सिके भने, अरुलाई गाली गर्नुपर्छ । छरछिमेकका कार्यक्रमहरुमा सहभागी भएपछि उनले शत्रु–मित्र, आफन्त–पराइ, उत्तरपन्थी दक्षिणपन्थी सबैलाई सराप्न मात्र सिके ।


